नेभिगेसन मेनु

पर्यटकले भरिए घोरेपानीका होटल
सम्पादक:南亚网络电视
समय:2023-04-05 12:37

thumb (2)

अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । चैत लागेसँगै प्रतिदिन ५ सय जना हाराहारीमा बाह्य र आन्तरिक पर्यटक भित्रिन थालेको व्यवसायी बताउँछन् । 

‘०७२ को भूकम्पपछि पर्यटक घट्न थालेका थिए । कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन । तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्,’ होटल व्यवसायी तारा गर्बुजा पुनले भनिन्, ‘कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।’

पर्यटकको संख्या बढेपछि व्यवसायी उत्साही छन् । पुनहिल भ्यु पोइन्ट र पर्यटकीय बस्ती घोरेपानी लालीगुराँसको जंगलभित्रको सानो बस्ती हो । घोरेपानीमा साना ठूला गरी ३० होटल तथा रेस्टुराँ छन् । तर यहाँका ५ वटा ठूला होटलले पूरै क्षमताको आधाभन्दा बढी पाहुना राख्ने गर्छन् । पर्यटक आवागमन बढेसँगै स्थानीय अन्नपूर्ण गाउँपालिकाले पुनहिल प्रवेश गर्ने पर्यटकसँग शुल्क लिन थालेको छ ।

पुनहिल प्रवेश तथा पुनहिलमा टी एन्ड कफी सप सञ्चालन गर्न स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित ५६ लाख ६० हजारमा ठेक्का लिएका छन् । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ र विदेशी पर्यटकलाई प्रतिव्यक्ति एक सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।

३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको उत्कृष्ट गन्तव्य हो । यहाँ सूर्योदयको दृश्य र धौलागिरि तथा अन्नपूर्ण हिमशृंखला नजिकैबाट हेर्न नेपाली मात्र होइन, संसारभरका पर्यटक आउने गरेको पर्यटन प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा रुटबाट दैनिक करिब ३ सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालयको भनाइ छ ।

भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । ‘घोरेपानी/पुनहिल आउने पर्यटकको संख्या बढेको छ । चैत लागेसँगै दिनको दुई सय हाराहारी विदेशी पर्यटकको रेकर्ड हामीसँग छ,’ पर्यटन प्रहरी कार्यालय घोरेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले भने, ‘एउटा रुटबाट साँझ अबेर आएर छेउको होटलमा बसेर अर्को रुटतर्फ लाग्यो भने हाम्रो रेकर्डमा छुट्न पनि सक्छ । नेपालीको अभिलेख राखिन्न ।’

यसैबीच सरकारले नेपालमा घुम्न आउने पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने नियम लगाएपछि घोरेपानी क्षेत्रका पर्यटन व्यवसायीले विरोध गरेका छन् । पर्यटक पदयात्रामा जाँदा अनिवार्य गाइड लैजाने नियमले ब्याकप्याक ट्रेक रुचाउने पर्यटक बिच्किने र पर्यटकीय रुटमा रहेका साना होटल, रेस्टुरेन्ट र टी हाउस मर्कामा पर्ने उनीहरूको दाबी छ ।

गाइडहरूले पर्यटकलाई अफर आउने ठूला होटलमा मात्र पर्यटक लैजाने भएकाले साना होटल मर्कामा पर्ने उनीहरूको गुनासो छ । ‘जुनसुकै क्षेत्रमा पनि अफरको कुराले प्रभावित बनाइहाल्छ । पर्यटक गाइडको भरमा हिँड्ने र गाइडले ठूला होटलको अफरमा चल्ने भएपछि साना व्यवसायी मर्छन्,’ घोरेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले भने, ‘साना होटलमा कि सस्ता पर्यटक बस्ने हो कि ठूला होटलमा प्याक भएपछि मात्र हो । कोरोनाले थला परेका साना व्यवसायीलाई सरकारी नीतिले झन् प्रताडित बनाएको छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर