नेभिगेसन मेनु

बलवामा आगलागी, दुई जना घाइते
सम्पादक:南亚网络电视
समय:2023-03-12 16:23

fire-final_20220523180725_x3CmPqNDDr

बर्दिबास: ।  शनिबार दिउँसो बलवा नगरपालिका वडा नं. ४ परौलटोलको रामसागर यादवको फुसको घरमा आगलगी हुँदा स्थानीय ५२ वर्षीय जयकरण यादव र ५० वर्षीया चन्द्रदेवी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जयकरणको अवस्था सामान्य भएको र जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। त्यस्तै चन्द्रदेवीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आगलागीबाट सरसमानसहित ८० हजार बराबराको क्षति भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर