नेभिगेसन मेनु

प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने
सम्पादक:南亚网络电视
समय:2023-01-18 14:00

Capture_arx2tJ3FGq

अभिनेता प्रभास स्टारर बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गरेको नयाँ पोष्टरमा फिल्म रिलिजका लागि १५० दिन मात्र बाँकी रहेको समेत उल्लेख गरिएको छ । प्रभासको अलवा कृति सेनन, सैफ अली खान र सन्नी सिंहको समेत फिल्ममा मुख्य भूमिका छ ।

‘आदिपुरुष’ को भिएफएक्सदेखि लिएर प्रभास, सन्नी सिंह, कृति सेनन र सैफ अली खानको लुकलाई मानिसहरुले निकै ट्रोल गरेका छन् । सैफ अलि खानको दाह्रीले सबैभन्दा बढी हल्ला मच्चाएको छ । यस्तो अवस्थामा यसलाई सुधार गर्न फिल्मको प्रदर्शन मिति थपिएको दाबी गरिएको थियो । ‘आदिपुरुष’ लाई बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्म करिब ५०० करोडको बजेटमा बनेको हो । कतिपय रिपोर्टले ‘आदिपुरुष’ आइम्याक्स थ्रीडीमा रिलिज हुने दाबी गरेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर