नेभिगेसन मेनु

पन्ध्र वर्षपछि बसपार्क निर्माण सम्पन्न
सम्पादक:南亚网络电视
समय:2023-01-09 12:59

Untitled-1 (2)

मुगु, पुस २५ गते । डेढ करोड खर्च गरेर पनि पूर्णता नपाएको बसपार्क मुगुका स्थानीयवासीले श्रमदान गरी निर्माण गरेका छन्।

सदरमुकाम गमगढीमा निर्माण गरिएको बसपार्क माघ १ गतेदेखि सञ्चालनमा आउने भएको छ। डेढ दशकअघि निर्माण प्रक्रिया अघि बढेको बसपार्क निर्माण योजना विविध कारणले पूर्णता पाएको थिएन। छायानाथ रारा नगरपालिका–१ का अध्यक्ष पीआर मल्लीका अनुसार बसपार्क निर्माणका लागि २०६३ सालदेखि पटकपटक साबिकको जिल्ला विकास समिति, श्रीनगर गाविस, छायानाथ रारा नगरपालिका र संसद् कोष गरी विभिन्न निकायबाट एक करोड ५० लाखभन्दा बढी खर्च भइसकेको छ। 

उहाँले भन्नुभयो, “सदरमुकाममा नयाँ बसपार्क निर्माण सम्पन्न नहुँदा गाडीहरू बजार क्षेत्रमा जथाभाबी पार्किङ गरेर अस्तव्यस्त बनेको थियो।” 

उहाँका अनुसार नगरप्रमुख विष्णुकुमार भामको अगुवाइमा श्रमदान गरेरै भए पनि निर्माण कार्य सम्पन्न भएको छ। छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले गमगढी बजारमा बसपार्क नहुँदा र जथाभाबी गाडी पार्किङ गर्दा बजार कुरूप भएको र नागरिकलाई हिँडडुल गर्दा असहज भएकाले नयाँ बसपार्कको बाँकी काम सम्पन्न गर्न ग्याबिन वाल र फिल्ड सफा गर्ने कार्यमा श्रमदान गरेर पूर्णता दिएको बताउनुभयो। बसपार्क निर्माणका लागि समाजसेवी, नागरिक समाज, पत्रकार, सशस्त्र प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, नगरपालिकाका कर्मचारीलगायत दैनिक रूपमा श्रमदानमा जुटेको उहाँको भनाइ छ। अहिलेसम्म १६ वटा ग्याबिन भर्ने कार्य सम्पन्न भएको छ र यसमा १६ लाख रुपियाँसम्मको श्रमदान भएको उहाँको भनाइ छ।

श्रमदान गर्न आउनुभएकी सुवाकला विश्वकर्माले आफूलाई यहाँ बसपार्क सञ्चालनमा आउँछ भन्ने विश्वास नै लाग्न छोडेको भए पनि अहिले श्रमदानबाट सञ्चालनमा आउँदा खुसी लागेको बताउनुभयो। एक हजार एक सय वर्गमिटर क्षेत्रफल रहेको उक्त बसपार्कमा छायानाथ रारा नगरपालिका–१ का १० जना जग्गाधनीले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर