नेभिगेसन मेनु

चलचित्र प्राविधिक संघ (नेफ्टा)मा तालबन्दी हुने, के हुन्छ अमेरिकाको हुने अवार्ड ?
सम्पादक:南亚网络电视
समय:2023-01-08 13:14

nefta_L4lesTHZV0

चलचित्र प्राबिधिक संघ ९नेफ्टा०मा तालबन्दी हुने भएको छ । संघका असन्टुष्ट सदस्यहरुको समुहले आज संघमा तालाबन्दी गर्ने भएका हुन् । पुस्कर लामा अध्यक्ष रहेको कार्यसमितीले संघको नविकरण नगरेको, लामो समयदेखि साधारण सभा नगरेको, संस्थाको आयब्याय समेत ब्यवस्थित नगरेको र लामो समयदेखि संस्थालाई अबैधानिक रुपमा चलाउदै आएको भन्दै संघमा तालाबन्दी गर्न लागिएको हो ।

अध्यक्ष लामालाई संघलाई बैधानिक तवरले अगाडि बढाउन पटक पटक अग्रह गर्दा पनि नमानेको कारण अहिले संस्थामा तालाबन्दी गर्न लागेको संस्थाका सदस्य शंकर पाण्डेले बताए । ‘हामीले आज ११ बजे भित्र साधारण सभाको मिती निर्धारण गर्न र संस्था नविकरण गर्न समय अवधि तोकेका छौ’ पाण्डेले भने, ‘समयसिमा भित्र साधारण सभाको सुचना प्रकाशित लगायको काम भएन भने संस्थामा तालाबन्दी हुन्छ ।’


संस्थाको नेतृत्व आफुले गर्ने भन्दा पनि संस्थालाई कसरी बैधानिक बनाउने भन्ने बिषयमा आफुहरुको आन्दोल रहेको पाण्डेले सुनाए । त्यस्तै संस्थाका पुर्व सचिव अनन्त प्रसाद तिमल्सिनाले ०५६ सालमा विधिपूर्वक दर्ता भइ कानुन बमोजिम सन्चालनमा रहेको संघ विगत ३ वर्षदेखि विभिन्न बाहाना बनाएर हालका पदाधिकारीका साथिहरुले संस्था सन्चालनमा अहमता, पदलिप्तता र पारदर्शिताका खातिर मनपरि तरिकाले अगाडि बढाएकोले संघमा तालाबन्दीको अवस्था आएको बताए ।

ल्बदष् िदबलप
‘एउटा संस्थाको गरिमा माथि खेलवाड गर्ने पदाधिकारी साथिहरुलाइ बारम्वार ताकेता गर्दा पनि कानमा तेल हालेर मनपरि ढंगले प्रस्तुत भएकाले संस्थालाइ विधिवत् नविकरण, बार्षिक साधारण सभा, नयाँ कार्यसमितिको चयनको बिषयमा हामीले बाध्य भएर आन्दोल गर्नु परेको हो’ तिमिल्सिनाले भने, ‘संस्था कानुनसम्बत नचल्दा सदस्य साथिहरुमा आएको नैरास्यता निराकरण गर्दै सदस्यहरुको मनोबल उच्च बनाउन आन्दोलन जरुरी थियो ।’

आज साधारण सभाको सुचना प्रकाशित भएन र संघ नविकरणको प्रकृया आगाडी बढेन भने संस्था बचाउका लागि आफुहरु जुनै कदम चाल्न पछी नहट्ने तिमल्सिनाको भनाई रहेको छ ।

संघ नविकरण, साधारण सभा लगायतका बिषयलाई लिएर पाण्डे, तिमल्सिनाको अलवा प्रकाश महरा, प्रकाश हमाल लगायतका करिब आधा सदस्यहरुले केही समयदेखि आन्दोलन गरिरहेका छन् । नेफ्टामा ३५०० सदस्य रहेका छन् । ति सदस्य मध्य आधा भन्दा बढी अहिले संघभन्दा बाहिर रहेको बताइन्छ ।

के हुन्छ अमेरिका अवार्ड 

नेफ्टा पछिल्लो समय ११ औं संस्करणको फिल्म अवार्ड अमरिकाम गर्ने तयारी गरिरहेको छ । आगामी जेठ १३ गते ९२७ मे, २०२३० मा अमेरिकी राज्य टेक्ससमा हुने अवार्डका लागि अमेरिकी आयोजक युएस खबरका ओम आचार्य र फेम नेपालका विमल पछाइ शनिबार काठमाडौं आएका छन् ।

दुई महिनासम्म नेपालमा रहेर अवार्ड तयारी गर्न उनीहरु नेपाल आएका हुन् । तर यता नेफ्टाका सदस्यहरुको आन्दोलनले अवार्ड आयोजना हुने नहुने अझै अन्योलमै रहेको छ । २०७९ मा प्रदर्शनमा आएका फिल्म अवार्डमा सहभागी गराइनेछ । १२ वर्षदेखि नेफ्टाले अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यस अगाडि अवार्ड नेपालसहित मलेसिया, हङकङ, कतार र युएईको दुबइमा आयोजना भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर