नेभिगेसन मेनु

शैलीले १४औँ राष्ट्रिय बालनाटक महोत्सव गर्दै, स्क्रिप्ट पठाउन आह्वान
सम्पादक:南亚网络电视
समय:2022-12-29 15:52

1111672299254

काठमाडौं– शैली थिएटरले १४औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन गर्ने भएको छ। माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव १० दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुनेछ।

महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था,नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्कृप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ।

ल्त्ऋ

ःबचखभ िबम

आवेदन पुस १० देखि २५ गतेसम्म पठाइसक्न आग्रह गरिएको छ।

स्क्रिप्ट बालबालिकासँग सम्बन्धित हुनुपर्ने आयोजकले जनाएको छ। यद्यपि नाटकमा जसमा जुनसुकै उमेर समूहका कलाकारले अभिनय गर्न सक्नेछन्। महोत्सवमा प्रतियोगिताका लागि मात्र नभई सहभागिताका लागि पनि नाटक पठाउने सकिने शैली थिएटरले जनाएको छ।

नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न नपाउने नियम आयोजकले बनाएको छ।

ःभनब द्यबलप

ल्बदबष् िद्यबलप

त्यसैगरी नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दाअगाडि र पर्दापछाडि गरी बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइने आयोजकको भनाइ छ।

छनोट भएर काठमाडौं उपत्यका बाहिरबाट आउने नाटकको समूहलाई काठमाडौंमा खाना र बस्नको प्रबन्ध आयोजकले गर्नेछ।

प्रतियोगी नाटकहरूलाई विभिन्न ७ विधामा नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ।

क्ष्ःभ्

ब्नलष्

प्रतियोगी नाटकहरूका लागि उत्कृष्ट अभिनेता पुरस्कार ७र७ हजार, उत्कृष्ट निर्देशक पुरस्कार ७ हजार, उत्कृष्ट नाटक पुरस्कार १० हजार, प्रोत्साहन पुरस्कार ५ हजार, पब्लिक च्वाइस पुरस्कार ५ हजार, अनुशासित नाटक पुरस्कार ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर