नेभिगेसन मेनु

नेपालले बलियाे स्कटल्यान्डसँग खेल्दै
सम्पादक:南亚网络电视
समय:2022-12-08 15:16

sompal-kami-nepal-uae-1024x595

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चाैथाे तथा अन्तिमा खेलमा नेपालले बलियाे स्कटल्यान्डसँग खेल्दैछ ।

नेपाल र नामिवियाबीचकाे खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा नेपाली समयअनुसार दिउँसाे १ः४५  बजेपछि हुनेछ ।स्कटल्यान्डविरुद्व मैदान उत्रदा नेपाल नामिविया भ्रमणमा पहिलाे जितकाे खाेजीमा हुनेछ । यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीकाे नतिजा निकालेकाे छ ।

नामिवियासँगकाे पहिलाे खेल वर्षाका कारण रद्व हुँदा अंक नेपालले अंक पाएकाे थियाे । दाेस्राे खेलमा स्कटल्यान्डसँग ३ विकेटले परािजत भएकाे नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएकाे थियाे ।

नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दवाव छ । बुधबार नामिवियासँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ ।

स्कटल्यान्ड ३० खेलमा २० जित र ७ मा हारसहित ४४ अंक जोडेर शीर्षस्थानमा छ । स्कटल्यान्डको शीर्ष तीन पक्का जस्तै बनेको छ । नेपाल २२ खेलमा ८ जित र १३ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । आइसिसी विश्वकप लिग २ को सर्वाधिक बलियो टोली स्कटल्यान्डलाई स्तब्ध पार्दै नेपाल महत्वपूर्ण दुई अंक जोड्ने सोचमा हुनेछ ।

तर नेपाललाई सहज भने हुनेछैन । टोलीसँग तीब्र गतिका करण केसी र सोमपाल कामी छन् । तर प्रशिक्षकले यि दुईलाई यस भ्रमणमा सँगै खेलाएका छैनन् । टोलीमा सागर ढकाल र ललित नारायण राजवंशी, आसिफ शेख, कुशल भुर्तेल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल र गुलशन झा रहेका छन् ।

यता स्कटल्यान्डमा विश्वस्तरिय र अनुभवी ब्याटरको भरिभराउ छ । ओपनर काइल कोट्जर र जर्ज मुन्शे छन् । यी दुबै एसोसियट क्रिकेटका स्टार ब्याटर हुन् । आक्रामक ब्याटिङसहित ठूलो इनिङका लागि मुन्शे चिनिन्छन् । कोट्जर जिम्मेवारीका साथ परिपक्क प्रदर्शन गर्ने गर्दछन् । कोट्जरको ओडिआईमा पाँच शतक छ ।

कप्तान रिची बेरिङटन, विकेटकिपर म्याथ्यु क्रस र ब्रेन्डन म्याकुम्यालनले गर्दा मध्यक्रम मजबुत छ । यी तीन मध्य एक खेलाडी चल्दा स्कटल्यान्डले ठूलो योगफल बनाउन सक्छ । तल्लोकममा माइकल लिस्क, मार्क वाट्ट, श्यान शरिफ र क्रिस सोलेले पनि तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् । स्कटल्यान्डको मजबुत ब्याटिङ लाइनअप धरासयी बनाउन नेपाली बलरले सानदार बलिङ गर्न बाहेक अन्य विकल्प हुनेछनै ।

स्कटल्यान्डको तीव्र गतिको बलरमा शरिफ, क्रिस सोले र ब्रेन्डन म्याकुम्यालन छन् । स्पिनर मार्क वाट् र हम्जा ताहिरको जोडी नेपाललाई यसअघि लगातार घातक बन्दै आएको छ ।

नेपालले गत जुलाईमा घरेलु मैदानमा स्कटल्यान्डलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पूरा गरेको थियो । त्यो नै स्कटल्यान्डमाथि नेपालको क्रिकेट इतिहासकै पहिलो जित थियो । दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । यही सिरिजमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

अंक तालिका

स्कटल्यान्ड ३० खेलमा २१ मा जित र ७ मा हारकासाथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २९ खेलमा १७ मा जितका साथ ३५ अंक जोड्दै चौथो स्थानमा छ ।

युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २३ खेलमा ८ मा जित र १३ मा हारसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर