नेभिगेसन मेनु

भारतीय पर्यटकका कारण नेपालगञ्जमा चहलपहल
सम्पादक:南亚网络电视
समय:2022-11-07 12:27
blog

 

नेपालगञ्जमा सञ्चालनमा ल्याइएका क्यासिनोको प्रमुख बजारका रूपमा भारतको लखनउ, गोन्डा, बहराइच, बाराबङ्की, सीतापुर र लखिमपुर हुन् । यी स्थानबाट अहिले क्यासिनो खेल्नका लागि नै ठूलो सङ्ख्यामा भारतीय आउन थालेका हुन् । नयाँदिल्लीबाट समेत क्यासिनो खेल्न नेपालगञ्ज आउने गरेको होटल व्यवसायीले जनाएका छन् । क्यासिनो व्यवसाय सञ्चालन आएसँगै होटल व्यवसायमा पनि सकारात्मक प्रभाव परेको व्यवसायीले जनाएका छन् । 

केही समययता क्यासिनोमा आउने भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेन्ड प्रिमियरले जनाएको छ । यो होटलमा अन्तर्राष्टियस्तरको क्यासिनो माजोङ सञ्चालित छ ।

भारतीय पर्यटकका कारण क्यासिनो व्यापार बढ्न थालेको सो होटलका महाप्रबन्धक प्रवीण सिंहले बताउनुभयो । उहाँका अनुसार ८१ कोठाको यो होटलमा यतिखेर ९० प्रतिशतसम्म अकुपेन्सी हुँदै आएको छ । ६० कोठा क्षमताको स्नेहा होटलमा सञ्चालित दी बेलिजमा क्यासिनोमा पनि आगन्तुक बढ्दै गएको प्रबन्ध निर्देशक देवांश राणाले बताउनुभयो । भारतीय आगन्तुककै कारण यतिखेर होटलमा करिब ६५ प्रतिशत अकुपेन्सी कायम हुन थालेको उहाँले जानकारी दिनुभयो ।

नेपालगञ्जमै रहेको सिद्धार्थ भ्यु होटलमा सञ्चालित ज्याकपोट गेमिङ सेन्टरमा भारतीय नागरिकको सहभागिता उल्लेख्य रूपमा वृद्धि हुँदै गएको होटलका बजार प्रमुख नवीन भट्टले बताउनुभयो । 

लामो समयदेखि क्यासिनो क्षेत्र मारमा परेको जनाउँदै उहाँले अहिले क्यासिनो व्यवसायले गति लिन सुरु गरिसकेकाले होटलको अकुपेन्सीमा ६० प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

नेपालगञ्ज–पोखरा सिधा हवाई उडान र क्यासिनो व्यवसाय सुरु हुन थालेसँगै नेपालगञ्जका धेरैजसो होटलमा यतिखेर भारतीय पर्यटकको चहलपहल बढ्दै गएको होटल व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताउनुभयो । 

उहाँले नेपाल–भारतमैत्री बस सेवासमेत सञ्चालनमा रहेकाले पनि भारतीय पर्यटकको आगमन बढेको बताउनुभयो । भेरी यातायात प्रालिले भारतको केन्द्रीय राजधानी नयाँदिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ तथा हरिद्वारका लागि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गरिरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर