नेभिगेसन मेनु

लखिमपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा शिल्पी थिएटरले प्रस्तुति दिने
सम्पादक:南亚网络电视
समय:2022-11-02 12:12

 शिल्पी थिएटरले भारतको लखिमपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा शिल्पी थिएटरले पनि प्रस्तुति दिने भएको छ । महोत्सवको पहिलो दिन नोभेम्बर ४ मा घिमिरे युवराजको टिमले 'हिउँको पृथ्वी यात्रा' मञ्चन गर्ने भएको हो ।

 

अभिनव थिएटरले आयोजना गर्ने महोत्सवमा सहभागी हुन शिल्पीको ११ जनाको टोली लखिमपुर प्रस्थान गरेको छ । यो नाटक यसअघि भारतको कालिम्पोङको नाट्य महोत्सवमा पनि पहिलोपटक प्रदर्शन गरिएको थियो । राजधानीसहित थुप्रै जिल्लामा मञ्चन भइसकेको यस नाटकलाई घिमिरे युवराज र अमजद प्रवेजले लेखन/निर्देशनमा बनेको हो ।

जलवायु परिवर्तनले मानवदेखि वन्यजन्तुको जीवनमा पारेको प्रभाव समेटेको यस नाटकमा कलाकारहरू संगीता उराँव, पवित्रा खड्का, झकेन्द्र बीसी, ज्योति पोखरेल, रवीन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार, ज्याक बराललगायतको अभिनय छ ।
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर