नेभिगेसन मेनु

पाकिस्तानमा बाढी पहिरोबाट थप ३६ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-09-10 14:23

pakistan-flood-760x500

 

पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समयमा बर्षासँगै आएको बाढी पहिरोका कारण दैनिक धनजनको क्षति भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन भने छ जना महिला रहेक जनाएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी सिन्ध प्रान्त प्रभावित भएको छ । पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन् ।

अर्का एक जनाको भने पाख्तुन्खवा प्रान्तमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाकिस्तानमा पछिल्लो समयमा २६ हजार छ सय ५२ घर क्षतिग्रस्त भएका छन् । योसँगै कुल १७ लाख ३९ हजार १६६ घर क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी एक हजार ३९१ जनाको बाढी पहिरोका कारण मृत्यु भएको प्राधिकरणले जनाएको छ । अरु १२ हजार सात सय २२ जना घाइते भएका छन् ।

पाकिस्तानमा गत मध्य जुनदेखि सुरु भएको मनसुनसँगै आएको बर्षापछिको बाढी पहिरोले धेरै क्षति गरेको छ । बाढी पहिरोका कारण प्रभावित भएका मध्ये एक लाख ७७ हजार दुई ६५ जनालाई उद्धार गरिएको छ भने अरु छ लाख ६३ हजार आठ सय ६९ जना अझै पनि विस्थापित भएर अस्थायी शिविरमै रहेका छन् ।

1661578967548

1661578967548

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर