काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर अध्यक्ष केसीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै आफूले चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।