नेभिगेसन मेनु

लक्ष्मण गुरुङको‘छिटको सारी’
समय:2022-04-29 03:48

काठमाडौं । गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाच प्रधान गीतमा प्रेम पाण्डे (अनुपम) को शब्द, सङ्गीत रहेको छ । साहस शाक्यले सङ्गीत संयोजन गरेका छन् । नवराज उप्रेतीले छायाङ्कन गरेको यस भिडियोमा दीपकएम सिंहको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । म्युजिक भिडियो छिटको सारी शीर्षकमा निकाले पनि दृश्यमा भने तिघ्रासमेत देखिने पहिरन लगाएर नाचेको देखिन्छ । गीतको अन्त्यमा मात्र छिटको सारी लगाएको दृश्यमा देखाइएको छ । आफ्नै वेषभूषा र पहिरनमा गीत राम्रो हुँदैन भन्ने मनोविज्ञान कलाकारले पालेको देखिन्छ ।

धेरै दर्शक र स्रोताले नेपालीपनका गीत मन पराउने भए पनि निर्माता, निर्देशकको ध्यान यसतर्फ नगएको गीतप्रेमी राजेन्द्र पराजुली बताउँछन् । म्युजिक भिडियोमा ‘तिमी खोला पारि म चाहिँ यता वारि, तिमीलाई भनी ल्याइदिएको छु मैले छिटको सारी’, ‘जोडी ढुकुर बस्यो हेर घरैको छानामा’, ‘चोखो माया लेखौँ आज दिलैको पानामा’ लगायत गीत समावेश गरिएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कविता विष्टको अभिनय छ । श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो । जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर