नेभिगेसन मेनु

रोहित तिवारीसँग केकी अधिकारीको विवाह
समय:2022-04-24 04:05

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन् । बिहीबार केकीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । तिवारी ’हाम्रो बजार डटकम’ का सीईओ हुन् ।

सामाजिक संजाल फेसबुकमा विवाहको फोटो सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहारस्वरूप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर