नेभिगेसन मेनु

प्रमोद खरेलको ‘शान्ति खोज्न’
समय:2022-04-16 03:33

काठमाडौं । नयाँवर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदीपजंग थापाको शब्द रहेको गीतमा विकास चौधरीको संगीत रहेको छ ।

गीतका एरेन्जर रोशन बान्तवा हुन् । निकै मर्मस्पर्शी ‘शान्ति खोज्न’ गीतको भिडियोलाई सुमन श्रेष्ठ थापाले निर्माण गरेका छन् । निर्माता श्रेष्ठले नेपाली गीत संगीतलाई प्रमोट गर्दै जाने बताए । निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा विजय लामाको मुख्य भूमिका रहेको छ ।

साथै हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाईवा मौसमी खनाल, सरु लगायतको पनि अभिनय रहेको छ । भिडियोको छायाँकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर