नेभिगेसन मेनु

नारायणहिटी दरबार संग्रहालयभित्रका कुनै पनि निर्णयमा मेरो संलग्न छैन : योगेश भट्टराई
समय:2022-01-25 03:37

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट खोल्न भाडामा दिएको भन्ने समाचारप्रति पूर्वमन्त्री एवं नेकपा एमाले सचिव योगेश भट्टराईले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त निर्णयमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आफ्नो छविमा आँच आउने समाचार र टिप्पणी नगर्नसमेत अनुरोध गरेका छन् ।

उनले फेसबकुमार्फत भनेका छन्, ‘नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वतः स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’

नेता भट्टराईले नारायणहिटी परिसरको जग्गा भाडा दिएको भन्ने लिखित निर्देशन पत्र सार्वजनिक गर्न पनि चुनौती दिएका छन् । साथै, उनले आफू मन्त्री हुनुपूर्व नै कफी हाउस बनिसकेको पनि बताएका छन् ।

बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको यसअघिका समाचारमा आएका छन् ।

र, सङ्ग्रहालयकै एक कर्मचारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा भाडामा दिइएको बताएका छन् । र, हाल उक्त कम्पनीले गुपचुप रूपमा नाम समेत फेर्ने तयारी भएको समाचार बाहिर आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर