नेभिगेसन मेनु

सुरविन कास्टिङ काउचको सिकार
समय:2021-12-23 04:01

मुम्बई: पछिल्लो समय कास्टिङ काउच यस्तो कालो दाग बनेको छ, जसले सिंगो भारतीय चलचित्र उद्योगलाई बदनाम बनाएको छ। कास्टिङ काउचलाई लिएर पछिल्लो समय कलाकारहरूले पनि मुख खोल्न थालेका छन्। बलिउड अभिनेत्री सुरविन चावलाले पनि कास्टिङ काउचका विषयमा सनसनीपूर्ण खुलसा गरेकी छन्। उनले दक्षिण भारतीय चलचित्रमा कास्टिङ काउच निकै हुने गरेको खुलसा गरेकी हुन्। 

उनले टेलिभिजनबाट ठूलो पर्दामा करियर सुरु गर्ने बेलामा आफू पनि कास्टिङ काउचको सिकार भएको बताएकी छन्। मुम्बईमा भएको एक चलचित्रको बैठकका क्रममा उनीमाथि कास्टिङ काउच भएको दाबी उनले गरेकी छन्। ‘जब मेरो कम्मर र छातीको नापलाई लिएर प्रश्न गर्न थालियो, त्यतिबेला म स्तब्ध हुन पुगें। मैले कल्पनै नगरेको विषय एक्कासी उठ्दा केही समय त आफूलाई सम्हाल्नै गाहारो भयो’, आरजे सिद्धार्थ कननसँगको कुराकानीमा उनले भनेकी छन्, ‘महिलाको परिभाषा ती पारामिटर्सबाट गर्न सकिँदैन।’

उनले दक्षिण भारतीय चलचित्रमा कास्टिङ काउच धेरै हुने गरेको दाबी पनि गरिन्। ‘दक्षिण भारतीय चलचित्र उद्योगमा कास्टिङ काउच धेरै हुन्थ्यो। पछिल्लो समय भने धेरै नै परिवर्तन आएको छ’, उनले भनिन्, ‘अहिले शरीरको नापजाँचका विषयमा कुरा हुन छाडेको छ। मानसिक स्वास्थ्यका बारेमा पनि छलफल हुन थालेको छ। यो सकारात्मक पक्ष हो।’

सुरविनले ‘कहिं तो होगा’ टेलिशृंखलाबाट अभिनयमा पाइला राखेकी थिइन्। त्यसपछि ‘कसौटी जिन्दगीकी’, ‘काजल’लगायत २४ वटा टेलिशृंखलामा काम गरिन्। सन् २००८ मा उनले कन्नड चलचित्र ‘परमेसा पानवाला’बाट ठूलो पर्दामा डेब्यु गरेकी थिइन्। त्यसपछि बलिउडमा प्रवेश गरेकी सुरविनले ‘हम तुम सबाना’, ‘अगली’, ‘हेट स्टोरी–२’, ‘सेक्रेट गेम्स’लगायतका चलचित्रमा काम गरेकी छन्। उनी आर माधवनको बेब सोमा पनि चाँडै देखिने भएकी छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर