नेभिगेसन मेनु

आहा ! मनमोहक ढोरपाटन (तस्वीर)
समय:2021-12-09 06:02

म्याग्दी ।ढोरपाटन नेपालकै एक मात्र शिकार आरक्ष हो । यो आरक्षमा वर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी पुग्छन् । ढोरपाटन पर्यटनका लागि प्रख्यात क्षेत्र पनि हो । म्याग्दी, बागलुङ र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटनमा साहसिक शिकारको लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि पनि जाने गर्छन् ।

बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेपछि थप ३६ किलोमिटर कच्ची सडकबाट ढोरपाटन पुगिन्छ । धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा परिचित ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बा लगायत रहेका छन् भने सुन्दर उपत्यका, बुकी र यहाँका अन्य रमणीय बस्ती समेत रहेका छन् ।

ढोरपाटनमा पुगेर घोडाचढी गर्छन । उपत्यका क्षेत्रमा पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्प सम्म घुम्ने गर्छन् । यो वर्ष मंसिर महिनाको दोस्रो सातादेखि ढोरपाटनका डाँडामा हिउँ पर्न थालेपछि चिसो बढेको छ । चिसो बढेपनि पर्यटकको आगमनमा भने कमी आएको छैन ।

कच्ची सडक स्तरीय भएपछि पर्यटक बढ्ने अनुमान छ । ढोरपाटन शिकार आरक्ष कार्यालयको तथ्याङक अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण र निषेधाज्ञाका विच पनि गत आर्थिक बर्षमा ६ हजार ७ सय तीन जना पर्यटक ढोरपाटन पुगेका छन् । ‘आमा समूह, युवा समूह र अन्य कर्मचारीको समूह समेत ढोरपाटन घुम्न आउने गरेका छन्,’ स्थानीय होटल व्यवसायी सुरज पौडेलले भने ।

ढोरपाटन क्षेत्रमा चार वटा सामुदायीक होमस्टे सञ्चालित छन् । घुम्न र पुजा गर्न ढोरपाटन पुग्ने पर्यटकलाई लज र सामुदायीक होमस्टेले सहज बसोबासको व्यवस्था गरेको छ । उत्तरगंगाको ढोरबराहमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ । यहाँ बैशाख पूर्णिमा र जनै पुर्णिमा ठुलो मेला लाग्ने स्थानीय रबिन्द्र भण्डारीले बताए ।

ढोरपाटन उपत्यका पर्यटन सँगै जीवनबुटी मानिने यार्चा गुम्बाका लागि पनि प्रसिद्ध छ । तर, शिकार आरक्षको मध्यवर्ती क्षेत्र घोषणा नभएकोले वैधानिक रुपमा बिक्री गर्न नसकिएको शिकार आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताए । मध्यवर्ती क्षेत्र घोषणा नहुँदा चोरी शिकारी भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर