नेभिगेसन मेनु

विराट कोहलीकी छोरीलाई बलात्कारको धम्की दिने इन्जिनियर पक्राउ
समय:2021-11-20 03:58

भारतीय क्रिकेट कप्तान विराट कोहलीकी छोरीलाई बलात्कारको धम्की दिएको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् । कोहलीकी ९ महिनाकी नाबालक छोरीलाई बलात्कारको धम्की दिएको आरोपमा सफ्टवेयर इन्जिनियर पक्राउ परेका हुन्। 

आरोपित २३ वर्षीय सफ्टवेयर इन्जिनियर राम नागेश श्रीनिवास आकुवाथिनी हुन् । उनलाई मुम्बई प्रहरीले हैदरावादबाट बुधबार पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि मुम्बईस्थित हिरासतमा राखिएको छ । 

आरोपित राम नागेशले ‘क्रिक्रेजीगर्ल’ नामक ट्विटर अकाउन्टमार्फत कोहली र बलिउड अभिनेज्ञी अनुष्का शर्माकी छोरीलाई बलात्कारको धम्की दिएको बताइएको छ। आरोपितले धर्मका कारण आफ्ना मुस्लिम साथीमाथि आक्रमण गरेको आक्रोशमा धम्की दिएको बताइएको छ ।

सो मुद्धा गत हप्ता राजधानी नयाँ दिल्लीस्थित दिल्ली महिला आयोगमा दर्ता भएको थियो । केहि दिनअघि सो मुद्धा त्यहाँको साइबर अपराध विभागमा समेत दर्ता भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर