नेभिगेसन मेनु

लोक गायिका रमिलालाई पदकै पदक
समय:2021-11-19 04:01

काठमाडौँ । लामो समयदेखि लोक दोहोरीमा रमाउँदै आएकी रमिला न्यौपाने अहिले चर्चाको शिखरमा छिन् । झण्डै डेढ दशकदेखि लोक दोहोरीको क्षेत्रमा आफ्नो भूमिका जमाउँदै आएकी न्यौपानेले विभिन्न बिधामा पुरस्कारसमेत पाउँदै आएकी छिन् । झण्डै ५ सय जति गीतमा स्वर दिएकी न्यौपानेले थुपै चर्चित गीतसमेत गाएकी छिन् ।

कला क्षेत्रलाई नै आफ्नो ब्यवसायिक यात्रा बनाएकी न्यौपानेले पछिल्लो समय देखिएको बिकृती र बिसंगतीले यस क्षेत्रलाई बिचलित बनाउने हो कि भन्ने चिन्ता गर्ने गरेकी छिन् ।

उनले अहिलेसम्म नाट्याश्वर रत्न सम्मान, सगरमाथा संगित रत्न सम्मान, नाट्यश्वर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, नेपाली म्युजिक भिडियो अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्डलगायत थुप्रै अवार्डबाट सम्मानित भएकी छिन् ।

उनलाई लामो समयदेखि लोक गायनको क्षेत्रमा सक्रियरुपमा लागेको भन्दै पछिल्लो पटक सगरमाथा संगित रत्न सम्मान २०७८ बाट सम्मानित गरिएको थियो । उनले कला क्षेत्रलाई निरन्तरता दिने हो भने यस्ता सम्मानबाट सम्मानित हुन सकिने धारणा राख्दै लोक संगितप्रति पछिल्लो पुस्ताले देखाएको चासोप्रति उनी खुशी देखिन्छिन् ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा उनले गाएको झम झम दर्कियो पानी बोलको गीतले उत्कृष्ट अवार्ड जितेको थियो । त्यस्तै सगरमाथा म्युजिक अवार्ड २०७६ मा बाडुल्की बोलको गीतबाट सर्वाेकृष्ट गायिकाको अवार्ड पाएकी थिइन् ।

तल परिन्न भन्ने बोलको गीतबाट नेपाली म्युजिक भिडियो अवार्ड २०७५मा उनले सर्वाेकृष्ट गायिकाको अवार्ड पाएकी थिइन् ।
उनले बाडुल्की बोलकै गीतबाट नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा सर्वाेकृष्ट गायिकाको अवार्ड हात पारेकी थिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर