नेभिगेसन मेनु

आरआरआर युनिट अदालत नजाने
समय:2021-11-17 03:44

टिकट दर बढाउने योजनामा अनुमति नपाए फिल्म ‘आरआरआर’ का लागि अदालत जान सक्ने योजना बनाइरहेको खबर बाहिरिँदा निर्माण कम्पनी डीभीभी इन्टरटेन्मेन्टले प्रस्टीकरण दिएको छ । कम्पनीले ट्वीटरमार्फत टिकट दरमा केही परिवर्तन हुन सक्ने संकेत गरे पनि अदालत नजाने प्रस्ट पारेको छ । यसका लागि आन्ध्र प्रदेशका मुख्यमन्त्रीसँग कुराकानी गरेर समाधान निकाल्ने कम्पनीले प्रस्ट पारेको हो ।

यो एसएस राजामौली निर्माता–निर्देशक रहेको फिल्म हो । यसअघि उनको निर्देशनको ‘बाहुबली’ का दुई सिरिजले व्यावसायिक सफलताको रेकर्ड बनाएका थिए ।

राजामौलीको टिमले नयाँ फिल्मलाई प्रदर्शनको पहिलो साता आन्ध्र प्रदेशमा टिकट दर ५ सय रुपैयाँ बनाउने योजना बनाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । आगामी जनवरी ७ मा रिलिज हुन लागेको ‘आरआरआर’ मा दुई भारतीय क्रन्तिकारी अल्लुरी सीताराम राजु र कोमाराम भीमको कथा छ । यी दुई पात्रको अभिनय राम चरण र जुनियर एनटीआरले गरेका छन् ।

फिल्ममा अजय देवगन, आलिया भट्ट र ओलिभिया मोरिसले पनि अभिनय गरेका छन् । चार अर्ब भारु लागतको यो फिल्म राजामौलीको २०१७ मा आएको ‘बाहुबली–२’ पछिको प्रोजेक्ट हो । तेलुगु मूल भाषा रहेको ‘आरआरआर’ हिन्दी, अंग्रेजी, तमिल, मलयालम र कन्नड भाषामा एकैसाथ प्रदर्शनको योजना छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर