नेभिगेसन मेनु

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध करोड बढी ठगीको आरोप
समय:2021-11-16 05:18

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुन्द्रामाथि ठगीको आरोप लागेको छ । नितिन बराई नामका एक व्यक्तिले अभिनेत्री शिल्पा शेट्टी, उनका श्रीमान राज कुन्द्रा, काशिफ खानलगायत केही व्यक्तिविरुद्ध ठगीको मुद्दा दर्ता गराएका छन् ।

नितिन बराईले मुम्बईको बान्द्रा पुलिस स्टेशनमा उनीहरुविरुद्ध ठगीको मुद्दा दर्ता गराएका हुन् । मुम्बई पुलिसका अनुसार उजुरीमा सन् २०१४ मा राज कुन्द्रा र शिल्पा शेट्टीलगायतले नितिन बराईसँग एक करोडभन्दा बढी रकम ठगी गरेको उल्लेख छ ।

सन् २०१४ मा एसएफएल फिटनेस प्रा.लि.का निर्देशक कासिफ खान, शिल्पा शेट्टी र राज कुन्द्राले पीडित नितिन बराईलाई फिटनेस व्यवसायमा १ करोड ५१ लाख रुपैयाँ लगानी गर्न आग्रह गरेका थिए । तर, पछि अवस्था ठीक नभएपछि पीडित बराईले आफ्नो पैसा फिर्ता माग गर्दा उनीहरुले धम्की दिएका थिए ।

मुम्बई पुलिसले शिल्पा, राज कुन्द्रा र कासिफ खानविरुद्ध धारा ४०६, ४०९, ४२०, ५०६, ३४, १२० –ख) अन्तर्गत मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुम्बई पुलिसले यस मुद्धामा आरोपीलाई छिट्टै सोधपुछ गर्नसक्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर