नेभिगेसन मेनु

मलेशियामा पर्यटक आगमन खुकुलो बनाईदैं
समय:2021-11-15 04:04

मलेसियाले जनवरी १ सम्ममा अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि आफ्नो सिमाना पुनः खोल्ने भएको छ। मलेशियाको सरकारी सल्लाहकार परिषद्ले मलेशियाले थला परेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न खोजिरहेको छ।


मलेसियाले हालैका हप्ताहरूमा बिस्तारै आफ्नो अर्थतन्त्र पुनस् खोलेको छ किनभने कोरोनाभाइरस संक्रमण दर सुस्त भएको छ।


मलेसियाको ३ करोड २० लाख जनसंख्याको तीन चौथाई भन्दा बढीलाई खोप लगाइएको सरकारी तथ्याङ्कले देखाएको छ।


मलेसियाको आर्थिक सुधार कार्यक्रमको नेतृत्व गर्ने काउन्सिलको अध्यक्षता गरिरहेका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनले पत्रकारहरूलाई पर्यटन उद्योग विदेशीहरू बिना नै बिस्तारै सुधार भइरहेको तथा टुर अपरेटरहरूलाई व्यवसाय पुनः सुरु गर्न समय चाहिने उल्लेख गरेका छन।


पूर्व प्रधानमन्त्री मुहिद्दिनले कोभिड(१९ परीक्षण जस्ता संक्रमण नियन्त्रण उपायहरू यथावत रहने जानकारी दिए।


उनले पर्यटन व्यवसाय पुनस् खोल्ने निश्चित मिति कहिले घोषणा गर्ने भन्ने बारे कुनै जानकारी नदिए पनि यस बारे स्वास्थ्य र सुरक्षा एजेन्सीहरू द्वारा विस्तृत अध्ययन भइरहेको जानकारी दिए।


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर