नेभिगेसन मेनु

बिमान दुर्घटनामा ख्याती प्राप्त गायिकाको निधन
समय:2021-11-09 03:55

ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्काको २६ वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको छ।

दुर्घटनामा उनका काका, उनका निर्माता र चालक दलका दुई सदस्यहरू पनि मारिएका छन। ब्राजिलको दक्षिण(पूर्वी मिनास गेराइस राज्यको एक ग्रामीण क्षेत्रमा सो दुर्घटना भएको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

सन २०१९ मा ल्याटिन ग्रामी विजेता मेन्डोन्का ब्राजिलको संगीतमा सबैभन्दा चिनिने नाम मानिन्थ्यो। गायिका मेन्डोन्साले किशोरावस्थामा आफ्नो क्यारियर सुरु गरेकी थिईन। उनि सन २०१६ मा प्रशिध्द बनेकी थिईन। उनलाई ब्राजिलको दुःखको रानी पनि भनेर चिनिन्थ्यो।

गत वर्ष महामारीको कारण कन्सर्टहरू रद्द भएपछि उनले अनलाइन श्रृंखलामा प्रदर्शन गरेकी थिईन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर