नेभिगेसन मेनु

अमेरिकाको म्युजिक फेस्टिभलमा भागदौड हुँदा ८ को मृत्यु
समय:2021-11-07 04:17

अमेरिकाको टेक्सासस्थित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । करिब ३०० जना घाइते भएका छन् । गत राति ९ बजे यस्तो घटना भएको बताइएको छ ।

कन्सर्टमा र्‍यापर ट्रेविस स्कर्टको प्रस्तुती भइरहँदा भागदौड मच्चिएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्ट कन्सर्ट हेर्न करिब ५० हजार मानिस भेला भएका थिए। यसबीचमा एउटा भीड स्टेजमै उक्लिन लाग्दा त्यहाँ झगडा उत्पन्न भएको थियो । झगडापछि केही मानिस भाग्न थालेपछि घटनाले ठूलो रुप लिएको हो ।

घटनापछि २३ जनालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । ह्युस्टन प्रहरीका अनुसार घटनास्थलको भिडियो फुटेज हेरेपछि घटनाको कारण पत्ता लगाइएको छ । र यसबारे थप छानबिन गर्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर