नेभिगेसन मेनु

सगरमाथा क्षेत्र पर्यटकले खचाखच
समय:2021-11-07 04:04

पछिल्लो खिन सगरमाथा क्षेत्र पर्यटकले भरेका छन् । गएको असोज २६ गतेदेखि कार्तिक १५ गते भित्र २ हजार ५ सय ९८ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

भ्रमणकर्तामध्ये ३ सय ४६ जना सार्क देशकासहित १ हजार ४ सय ७८ जना विदेशी र १ हजार १ सय २४ जना स्वदेशी पर्यटक रहेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए ।

अघिल्लो वर्ष कोरोना कहरका कारण पर्यटक आवागमन ठप्प बनेको सगरमाथा क्षेत्रमा यस वर्षको शरद ऋतुमा पर्यटक आगमन उत्साहजनक रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।

पर्यटकको चाप बढेसँगै निकुञ्जको चेक पोष्टका कर्मचारीहरु व्यस्त भएका छन् । उनीहरु पर्यटकको इन्ट्री गर्न तथा राजस्व सङ्कलन गर्नमा भ्याइनभ्याइ बनेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए।

अहिले दैनिक करिब १ सय ५० जनासम्म पर्यटकहरु भ्रमणका लागि लुक्लाबाट उकालो लाग्ने गरेको छन् । भ्रमणमा आउने पर्यटकमध्ये नेपाली र भारतीय बढी रहेको निकुञ्जको कार्यालयले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर