नेभिगेसन मेनु

हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा
समय:2021-10-30 04:01

नेपाली हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ ।  नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठले बताएका छन् । अबदेखि हरेक आईतबार राती ८ बजेपछि टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ ।

मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ लोकप्रिय हास्य टेलिसिरियल मानिन्छ । टेलिसिरियलमा मरिचमान श्रेष्ठ, राजु पौडेल, सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्वल खड्का, सविना आचार्य, सविना गिरी लगायतको अभिनय रहँदै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर