नेभिगेसन मेनु

राजबिनै छुट्टीमा शिल्पा
समय:2021-10-29 03:44

चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टी मुम्बई नजिकैको अलिवागको भ्रमणमा निस्किएकी छन्। उनी आफ्ना दुई सन्तान र आमासँग छुट्टी मनाउन निस्किएकी हुन्। 

बिदा मनाउन निस्किँदै गरेको शिल्पा परिवारको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ। तर, उनीहरूसँग शिल्पाका पति राज कुन्द्रा भने देखिएका छैनन्। पारिवारिक घुमघाममा राज कुन्द्रा नदेखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको छ। 

शिल्पासँग आमा सुनन्दा सेट्टी, छोरा विआन र छोरी समीसा निस्किएका हुन्। शिल्पा सानी छोरीलाई बोकेर अलिवाग भ्रमणका लागि निस्किएकी थिइन्। उनका छोरालाई भने सुनन्दाले हात समातेकी छन्। राज कुन्द्रालाई पक्राउ गरेपछि शिल्पाले परिवार सम्हालेकी थिइन्। उनले दुई सन्तानसँगै गणेश चतुर्थी मनाएकी थिइन्। त्यतिबेलाको तस्बिर पनि सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो। 

पति राज कुन्द्रा हिरासतमा बसेको एक महिनापछि शिल्पा नियमित काममा फर्किएकी थिइन्। उनी डान्स रियालिटी सो ‘सुपर डान्सर ४’ को निर्णायक हुन्। पोर्नोगाफी भिडियो बनाएर डिजिटल प्लेफर्ममार्फत प्रदर्शन गरेको आरोपमा शिल्पा पति राज कुन्द्रा जेल परेका थिए। लामो समयपछि उनी जमानतमा रिहा भएका थिए। 

शिल्पा लामो समयपछि बलिउडमा फर्किएकी थिइन्। उनले गत जुनमा रिलिज भएको ‘हंगामा–२’मा अभिनय गरेकी थिइन्। उक्त चलचित्रमा परेस रावल र मिजान जाफरीसँगै उनी देखिएकी थिइन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर