नेभिगेसन मेनु

पर्यटकहरुका लागि ईण्डोनेशियाको बाली खुल्ने
समय:2021-10-05 06:14

इन्डोनेसियाको बाली यही अक्टोबरको मध्य बाट केहि विदेशी पर्यटकहरुको लागी खुल्ने भएको छ। 

इन्डोनेसियाले पर्यटकहरुलाई बालीमा यही अक्टोबर १४ तारिखबाट भ्रमण गर्न दिने भएको छ। तर चीन, न्युजिल्याण्ड र जापान लगायतका अन्तराष्ट्रिय यात्रुहरुका लागि मात्र बालीमा भ्रमण खुल्लख गरिने ईण्डोनेशियाका वरिष्ठ मन्त्री लुहुत पाण्डजैतानले जानकारी दिए।

बालीको नगुराह राई अन्तर्राष्ट्रिय बिमानस्थल अक्टोबर १४ तारिखदेखि विदेशी पर्यटकहरुका लागी खुल्ला हुनेछ। तर आगन्तुकहर आफ्नै खर्चमा आठ दिन क्वारेन्टाइनमा रहनु पर्ने उनले पत्रकारहरुलाई जानकारी दिए। 

ईण्डोनेशियाले देशका विभिन्न भाग पुनः खोल्ने र सामाजिक प्रतिबन्धहरु लाई सहज बनाउनेक्रममा रहेको जनाईएको छ। 

इन्डोनेसिया एशिया मा कोभिड बाट सबैभन्दा धेरै प्रभावित देशहरु मध्ये एक हो। त्यहाँ आधिकारिक रूप मा ४० लाख भन्दा बढी कोभिडका केसहरु दर्ता गरिएको तथा १ लाख ४२ हजार मानिसहरुको मृत्यू भएको सरकारी तथ्याङ्क रहेको छ। तर सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुले मृतकहरुको वास्तविक संख्या धेरै उच्च रहेको जनाएका छन। 

बालीमा ७० प्रतिशत भन्दा बढी मानिसहरु लाई कोरोनाभाइरस खोप को एक खुराक लगाईए पछि विदेशी पर्यटकहरु पुन बाली आउन सक्ने जनाईत्तएको छ।

ईण्डोनेशियाली सरकारले बालीको क्षतिग्रस्त अर्थव्यवस्थालाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय पर्यटकहरुका लागि यो टापुलाई पुनः खोल्न इच्छुक रहेको संकेत गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर