नेभिगेसन मेनु

सगरमाथा क्षेत्रमा इन्दिरा जोशीको इन्गेजमेन्ट
समय:2021-09-25 05:58

गायिका इन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकी छन् । उनले सगरमाथा क्षेत्रको खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन् । गायिका जोशीले फेसन डिजाइनर शरद केडियासँग सुटुक्क इन्गेजमेन्ट गरेकी हुन् ।

 सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो।

हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन्। त्यही मौकामा शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडिओ सार्वजनिक भएको हो । भिडिओमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन्।

पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिएका छन् । यी दुई जनाले केही महीनायता डेट गरिरहेपनि सार्वजनिकरुपमा प्रेमलाई स्वीकार गरिसकेका छैनन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर