नेभिगेसन मेनु

मनास्लुमा आरोहीको भीड, १८६ ले लिए आरोहण अनुमती
समय:2021-09-12 04:15

यस महिना मनास्लु हिमाल आरोहणका लागि भीड लाग्ने भएको छ । पर्यटन विभागबाट १८६ जना विदेशी आरोहीले आरोहणका लागि अनुमती लिई सकेका छन् । गएको वर्खामा सगरमाथा आरोहणमा आरोहीको भीड लागेको थियो । 

आरोहीसँगै गाइड, किचनका टिम र सहयोग सहित गरी करिव एक हजार भन्दा बढी मानिस मनास्लु आधारशिविरमा पुग्ने छन् । कोरोना कहरकै वीचमा पनि मनास्लुका लागि १८६, धौलागिरीका लागि ४ र कञ्चनजंघा हिमाल आरोहणका लागि तीन जनाले बुधबारसम्ममा पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् ।

हिउँद मौसममा आरोहण गर्न सहज मानिने यी तीनवटै हिमालहरुमा आरोहण अनुमति लिने आरोहीको संख्या अझै थप हुनसक्ने पर्यटन विभागले जनाएको छ । ट्रेकिङ कम्पनीहरुले दिएको जानकारीअनुसार अझै आरोहीको संख्या बढ्न सक्छ । कोरोना संक्रमण कम हुनु र सरकारले नेपाललाई सुरक्षित गन्तव्य भएको सन्देश दिन थालेपछि आरोहीहरुको संख्या बढ्न थालेको विभागको भनाई छ । 

विभागका अनुसार कञ्चनजंघा र धौलागिरीका लागि एक–एक आरोहणदल रहेका छन् भने मनास्लुका लागि भने १८ वटा आरोहणदल रहेको विभागले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर