नेभिगेसन मेनु

शरद ऋतुमा मनास्लु हिमाल चढने धेरै
समय:2021-09-03 05:16

पर्यटन विभागले आगामी शरद ऋतुका लागि आरोहण अनुमति पत्र दिन सुरु गरेको छ।

हालसम्म आरोहीहरुको आकर्षण मनास्लु हिमालमा मात्र देखिएको छ। हालसम्म कूल ६ वटा आरोहण समूहले मनास्लु हिमाल आरोहणका लागि अनुमति पत्र लिएको पर्यटन विभागले जनाएको छ। तर ती टोली कुन कुन मुलकका हुन भनि प्रेस बिज्ञप्तिमा खुलाईएको छैन। 

 सबैभन्दा पहिलो आरोहण अनुमति पत्र लिने समूहमा १० जना पुरुष तथा ५ जना महिला रहेका छन।

यसै गरी दोश्रो अनुमति पत्र लिने समूहमा सबै १० जना सदस्यहरुनै पुरुष रहेका छन। अनुमति पत्र लिएका अन्य ४ वटा बेग्ला बेग्लै समूहका तर्फबाट ४३ जना पुरुष र ९ जना महिला गरी कूल ५२ जनाले मनास्लु हिमाल आरोहणको प्रयास गर्दैछन। 

८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु संसारको आठौं अग्लो हिमाल मानिन्छ। सन १९५६ मा जापानी आरोही तासिओ ईमानिसी र ग्लाल्जेन नोर्बुले पहिलो पटक मनास्लु हिमालको आरोहण गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर