नेभिगेसन मेनु

नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन
समय:2021-08-29 03:28

झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् ।

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थालेका हुन् । कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् । 


भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडाँैबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् । नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन् । 
भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्ला आउन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ । हालसम्म ४३ जना व्यवसायी सिमकोट पुगिसकेको र अझै १२ जना आउने तयारीमा रहेका छन् । पहिलो चरणमा कुक९खाना पकाउने०, पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन् । आइतबारदेखि भारतीय सद्गुरु जग्गी वासुदेवसहित ५० जनाको भारतीय टोली हुम्ला आउने भएको छ । 


केही दिनमा जिल्ला पुग्ने भारतीय सद्गुरुको टोली नेपालगञ्जबाट सिमकोट पुगेपछि पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवरको दर्शन गर्नुका साथै लिमी लाप्चाबाट पूजापाठ गर्ने योजना रहेको सोही टोलीका र्दोर्ज शेर्पाले बताए। सद्गुरुको टोलीमा ५० भारतीय तीर्थारु र अन्य नेपाली गरी करिब १५० जना रहेको शेर्पाले बताए । सामान लिमी लाप्चा पु¥याउनका लागि १२ वटा बोलेरो बुकिङ गरेको उनले बताए।
अन्य तीर्थारु सबै पैदल हिँडेर लाप्चा जाने भएको शेर्पाले जानकारी दिए। अहिले सद्गुरु बस्नका लागि सदरमुकामको खेलमैदानमा ५०÷६० वटा पालको व्यवस्था गरिएको गरिएको छ । यसअघि भारतीय तीर्थयात्रीको एक टोली हुम्ला पुगेर नोपाली भूमि लिमी लाप्चाबाट मानसरोवर दर्शन गरेर फिर्ता भएको छ । 


सङ्क्रमण बढ्न सक्ने भन्दै हुम्लीमा असन्तुष्टि 


ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक हवाईमार्गबाट हुम्ला पुग्न थालेपछि यहाँका स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । जिल्लामा अझै सङ्क्रमणको दर घटिनसकेका कारण ठूलो सङ्ख्यामा विदेशी आउँदा उनीहरूको कोरोना परीक्षण नगरेको भए थप सङ्क्रमण बढ्न सक्ने सिमकोट–६ निवासी दशरथ रावतले बताए । उनले भने, “विदेशी पर्यटक आउनु राम्रो कुरा हो, हाम्रो आयस्रोतसमेत बढ्छ तर यस्तो महामारीको समयमा हुल बाँधेर जिल्ला पुग्नु राम्रो कुरा होइन । भारतमै पनि सङ्क्रमणको अवस्था भयावह छ, उनीहरु जिल्ला पुग्दा थप जटिल समस्या निम्तिन सक्छ ।” 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर