नेभिगेसन मेनु

नेपाल आइडलको डिजिटल अडिसन आजदेखि
समय:2021-08-19 03:48

 

नेपाल आइडलको चौथो संस्करणको मञ्च तताउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने तयार रहनुस्। नयाँ संस्करणको नेपाल आइडलका लागि भोलिदेखि डिजिटल अडिसन हुँदैछ। 

नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गतेदेखि सुरु गर्न लागेको हो। 

कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरेको प्रोडक्सन टिमले सुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको हो। डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलको चौथो संस्करणको अडिसन पहिलेभन्दा फरक र पृथक ढंगले गर्न लागेको हो। 


कसरी दिने अडिसन ?

नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ। अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।  भदौ १ गतेदेखि सुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपाल आइडल प्रोडक्सन युनिटले नयाँ सिजनका लागि सबै तयारी पूरा भएको जनाएको छ। आइतबार मात्र एपीवान टेलिभिजन, नेपाल आइडल र ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलबीच नयाँ सिजनको बजार व्यवस्थापनसम्बन्धी सम्झौता भएको थियो। त्यसलगत्तै डिजिटल अडिसन सुरु गर्न लागिएको हो। 
कोरोना महामारीकै समयमा दर्शकलाई गीत संगीतबाट मनोरञ्जन दिने र उत्साह जगाउने उद्देश्यसहित डिजिटल अडिसन गर्न लागिएको नेपाल आइडलले जनाएको छ।



#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर