नेभिगेसन मेनु

ट्रेन्डिङको पहिलो स्थानमा प्रकाश सपुतको 'कुरा बुझ्न पर्च'
समय:2021-08-15 03:47

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत 'कुरा बुझ्न पर्च' युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ ।

गायक/सर्जक प्रकाश सपुतको रचना/सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् ।

भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ । अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएपछि गायक सपुत उत्साहित छन् । उनले गीतमा महिलाको आत्मसम्मान र स्वतन्त्रताको विषयलाई उठान गरेको बताए । 

समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त उनको गत वर्ष सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर