नेभिगेसन मेनु

बलिउड अभिनेत्री शिल्पा र उनकी आमा सुनन्दामाथि करोडौं ठगीको आरोप
समय:2021-08-13 03:48

बलिउड अभिनेत्री शिल्पा सेट्टीमाथि करोडौं ठगीको मुद्दा लागेको छ । हाल सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा रहेको बेला उनीमाथि पनि ठगीको मुद्दा लागेको छ ।

भारतका लखनउकी एक महिलाले शिल्पा र उनकी आमा सुनन्दा सेट्टीमाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। महिलाले उजुरी दिएपछि बुधबार प्रहरी उनको घर जुहु पुगेको जनाइएको छ ।

शिल्पाको घर बाहिर केही प्रहरी उभिएका तस्वीर बाहिरिएको छ । लखनउको विभूतिखन्ड पुलिस स्टेशनमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले शिल्पा र उनकी आमा सुनन्दामाथि ठगीको आरोपमा उजुरी दर्ता गराएपछि प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको बताइएको छ ।

शिल्पा र उनकी आमा सुनन्दाले आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर