नेभिगेसन मेनु

छाडा लोकदोहोरी गाउनेले मेरो गीतको शब्दलाई अश्लिलको परिभाषा दिएः दुर्गेश थापा
समय:2021-08-05 03:50

गायक दुर्गेश थापाको प्राय गीतहरु विवादमा तानिरहन्छन् । दुर्गेशले पछिल्लो पटक सार्वजनिक गरेको तिज गीत पनि विवादित बनेको छ । यस गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ उनको गीत विवादमा तानिनुको मुख्य कारण हो । यस गीत सार्वजनिक भएपछि दुर्गेशको गीतलाई बहिस्कार गर्ने भन्दै लोकदोहोरी प्रतिष्ठानले वक्तव्य नै जारी गरिसकेको छ । 

दुर्गेशले भने आफू समयसँगै चलेको बताएका छन् । उनले लोकदोहोरीका सुन्नै नसकिने छाडा गीतहरुलाई स्वतन्त्र छोडिएको आरोप लगाए । आफ्नो अभिव्यक्ति स्वतन्त्रमाथि अंकुश लगाएको भन्दै उनले नियोजित तवरले आफ्नो गीतको शब्दलाई अश्लिल परिभाषा गरेको समेत बताए । ‘आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाईरहदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गितहरूलाई स्वतंत्र छोडिएको छ । मेरो गित न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठान ले अर्को शब्दकोश निर्माण गरेको छ ।’

बद्री पंगेनीले क्याम्पस पढ्न आउने उता सरले पढाउने हामी आँखा जुधाउने, ससुरालिमा, हिजो प्रजापति पराजुलीले लाल साडि मे हिन्दी भाषामा गाएका छन कोमल वली पोईला जान पाम, देखी कुमार बस्नेतका आमा भन्दा छोरी तरुनीले गीत गाएको उनले सम्झाए । यस्ता गीत गाउनेहरु सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निवर्तमान अध्यक्ष रहेको उनले बताए । जुन आफैँमा विरोधाभास रहेको उनको तर्क छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर