नेभिगेसन मेनु

शिल्पा पुगिन् अदालत, मागिन् २० करोड भारुको क्षतिपूर्ति
समय:2021-08-04 03:12

अहिले भारतीय सञ्चार माध्यममा व्यवसायी राज कुन्द्राको विषयले प्रमुख स्थान पाइरहेको छ । अश्लिल भिडिउो उत्पादन र विक्रि गरेको आरोपमा पक्राउ परेका कुन्द्रामाथि विभिन्न आरोपहरु लागिरहेका छन् ।

सञ्चारमाध्यमले पनि सोही विषयहरुलाई प्रमुखताका साथ स्थान दिइरहेका छन् । यसैबीच अभिनेत्री तथा कुन्द्रकी पत्नी शिल्पा सेट्टी अदालत पुगेकी छन् । सञ्चार माध्यमले गलत सूचना सार्वजनिक गरेको भन्दै उनी २० करोड भारतीय रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी हुन् । 

सञ्चार माध्यमले आफ्नो बारेमा ‘गलत, झुठो, दुर्भावनापूर्ण र मानहानी’ गर्ने खालका सूचना सम्प्रेषण गरेको भन्दै २० करोड भारतीय रुपैयाँ बराबरको क्षतिपूर्तिको माग गर्दै उनले मुम्बईको उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्।

भारतीय सञ्चार माध्यम एनिका अनुसार उनले २९ सञ्चार माध्यम विरुद्ध छवि बिगार्ने खालका सामग्री प्रशारण गरेको आरोप लगाएकी छन्।

सोधपुछका क्रममा अहिलेसम्म शिल्पा र उनका परिवारको यस मुद्दामा संलग्नता नदेखिएको भए पनि उनी र उनको परिवारको छवि बिगार्ने आशयका सामाचार सामग्री प्रशारण भएको भन्दै उनले मुद्दा दायर गराएकी हुन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर