नेभिगेसन मेनु

नेपाली आरोहीसहितको टोली भोलि केटु हिमालको शिखरमा जाँदै
समय:2021-07-27 03:56

नेपाली आरोही सहितको आरोहण दलले भोलि विश्वकै कठिन मानिएको केटु हिमालको शिखरमा पुग्ने लक्ष्य राखेको छ। पायोनियर अल्पोमानिया एक्सपिडिसन २०२१ नामक आयोहण अभियानका सदस्यहरु आज पाकिस्तानमा रहेको उक्त हिमालको चौथो शिविरमा तर्फ जाँदै छन। 

अहिले तेश्रो शिविरमा रहेका आरोहीहरुले त्यहाँको मौसम सुन्दर रहेको बताएका छन। उनिहरुले भोलि शिखरमा पुग्ने लक्ष्य राखेका छन।

सो आरोहण टोलीमा अग्रिम पङ्तिको नेतृत्व आरोही लाक्पा शेर्पाले गरिरहेका छन। उनिहरु अब शिखरमा पुग्ने अन्तिम चरण छन। दोश्रो टिमको नेतृत्व भने मिङमा दोर्ची शेर्पाले गरिरहेका छन जसमा युक्रेन र नेपालका आरोहीहरु छन। 

दुबै टिमले भोलि शिखरमा पुग्ने लक्ष्य राखेका छन। यस आरोहण दलका आरोही सानु शेर्पाले विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल २ पटक आरोहण सम्पन्न गर्ने लक्ष्य राखेका छन। अब उनको केटु र अन्य एक हिमाल मात्र चढन बाँकी छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर