नेभिगेसन मेनु

कालापत्थरमा फेरी फेशन सो हुँदै
समय:2021-07-20 04:46

विश्वकै सर्वोच्चमा फेरी फेसन सो हुने भएको छ । ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण पुनः आयोजना हुने भएको हो । 

नेपाल सहित विश्वका विभिन्न देशका मोडल सहभागी हुने उक्त शो २०७८ असोज ६ गते (२२ सेप्टेम्बर २०२१) मा सगमाथा कालापत्थरमा आयोजना हुने छ । 

नेपालमा पर्वतीय पर्यटनको विकास गर्न सर्वोच्च उचाईमा फेसन सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम हुने भएको हो । यसमा नेपाल पर्यटन बोर्डले समेत सहभागिता जनाउने जनाएको छ । फेशन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो ।

जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेर्कड गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउनेछन् । 

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर