नेभिगेसन मेनु

'पोखरा प्युर एज पाराडाइज' ब्राण्ड तयार‘
समय:2021-07-16 06:40

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीय नगरी पोखरालाई पोखरा प्युर एज पाराडाइज ब्राण्ड तयार गरेको छ । नेपालकै सुन्दर, रमणीय आकर्षक गन्तव्य मध्येमा पर्ने पोखराको ब्राण्ड तयारी गरेको हो । 

बोर्डले विगतको पर्यटकीय ब्रान्ड पाराडाइज पोखराको परिमार्जन गेको हो । नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले जानकारी दिए । उनले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको बताए ।

‘कुनै पनि पर्यटकीय गन्तव्यहरुको आफ्नै पहिचान हुन्छ,त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई समेट्दै ब्राण्डिङ गर्दा पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौं । विस्तारै अन्य गन्तव्यको पनि ब्राण्डिङ गर्दै लगिने छ ।’ उनले भने, बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको थियो ।

ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए । कोभिड–१९ ले अत्यन्त प्रभावित भएको नेपालको पर्यटनलाई कोभिड–१९ को प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्रय पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवर्धन गर्नका लागि सरकारी तथा निजि क्षेत्र, संचारकर्मीहरु लगायतका सबै सरोकारवालाहरुको साथ मिल्ने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले अपेक्षा राखेको समेत उनले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर