नेभिगेसन मेनु

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२१ कामीरिता शेर्पालाई
समय:2021-07-07 04:32

सन् २०२१ को अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कामीरिता शेर्पालाई प्रदान गरिने भएको छ । पर्यटन विभागको सिफारिसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शेर्पालाई पुरस्कारका लागि छनोट गरेको हो । 

पर्यट विभागकी पर्वतारोहण शाखा निर्देशक मिरा आचार्यका आनुसार २०२१ को तेञ्जिङ हिलारी पुरस्कार मिङमा ग्याल्जे शेर्पा, फून्जो गाङ्मु लामा र सर्मिला लामालाई प्रदान गर्ने निर्णय मन्त्रालयबाट भएको छ । 

यस्तै सन् २०२० को पुरस्कार पनि कोरोनाका कारण वितरण गर्न नसकिएपनि यो वर्ष नै वितरण हुने उनले बताइन् । २०२० को अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार शम्भु तामाङले पाउनेछन् । यस्तै तेन्जिङ हिलारी पुरस्कार आङ्गदावा र पासाङफूटी शेर्पा, ङिमा नुरु शेर्पा र सानु शेर्पालाई प्रदान गरिने उनले बताइन् । 

छनोटका लागि गत जेठ महिनामा समिति बनेको थियो सोही समितिको सिफारिसमा मन्त्रालयले पुरस्कारका लागि छनोट गरेको हो । हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन पुरस्कार वितरण हुँदै आएको भएपनि यो वर्ष कोभिडका कारण समस्या भएको उनले बताइन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर