नेभिगेसन मेनु

आमिर खानको तेस्रो पत्‍नी को? खुल्यो यस्तो राज
समय:2021-07-04 08:32

बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन्। आमिर खान र किरण रावले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जोइन्ट स्टेटमेन्ट जारी गरेका हुन्। आमिर र किरणको सम्बन्ध विच्छेदको समाचार उनका प्रशंसकहरूका लागि धेरै हैरान पार्ने खालको बताइएको छ। 

आमिर र किरण १५ बर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । फिल्म आलोचक तरण आदर्शले आमिर र किरणको साझा बयान सोशल मिडियामामार्फत सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, 'यस १५ बर्षको एकजुटतामा, हामीले जीवनका अनुभवहरू साझा गरेका छौं, खुशी छौं, हाँसेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा अघि बढेको थियो । अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न लागेका छौँ । अब हामी पति र पत्नीको रूपमा होइन तर सह-अभिभावक र एक अर्काको परिवारको रूपमा बाँच्नेछौं। हामीले केहि समय पहिले नै अलग हुने निर्णय गरेका थियौं र अब हामी अलग भएका छौं' ।

यसैबीच अमिर खानसँग अभिनय गरिसकेकी अभिनेत्री फातिमा सना सेख ट्रोल बनिरहेकी छन्। उनले आमिरसँग दंगल र ठग्स अफ हिन्दुस्तानमा अभिनय गरेकी थिइन्।

आमिरले अब फातिमासँग विवाह गर्ने सक्ने भन्दै उनीहरुको ट्रोल भइरहेको छ। 

हुन त ठग्स अफ हिन्दुस्तान सुटिङ भइरहेकै बेला यी दुईबीच प्रेम सम्बन्ध रहेको हल्ला चलेको थियो। यसबारे फातिमाले सार्वजनिकरुपमै अफवाह भएको बताएकी थिइन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर