नेभिगेसन मेनु

सलमान खान र फरहान अख्तरले निर्माण गर्दैछन् सलिम-जावेदको वृत्तचित्र
सम्पादक:南亚网络电视
समय:2021-06-17 00:00

सलमान खानका बुबा सलिम खान र फरहान खानका बुबा जावेद अख्तरबारे वृत्तचित्र बन्ने भएको छ। 'एङ्ग्री योङ म्यान' नाम दिइएको वृत्तचित्रमा सलिम र जावेदको जीवनीलाई देखाइने बताइएको छ।

वृत्तचित्रलाई सलमान खान, फरहान अख्तर र जोया अख्तरले निर्माण गर्नेछन्। सलिम र जावेद बलिउडका प्रसिद्ध लेखक हुन्। यी दुईले लेखेका फिल्म वा गीत बलिउडमा हिट छन्।

फिल्मलाई नम्रता रावले निर्देशन गर्नेछिन्। सलिम र जावेद पटकथा लेख्ने पहिलो लेखकका रुपमा चिनिन्छन्। यी दुईले १९७० दशकमा बलिउड फिल्ममा क्रान्ती नै ल्याएका थिए। यी दुईले बलिउड सिनेमाको फर्मेट नै बदलिदिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर