नेभिगेसन मेनु

सीबीआइसहित पाँच एजेन्सीले अभिनेता सुशान्त मृत्यु प्रकरणमा खुलासा गरेका कुरा
सम्पादक:南亚网络电视
समय:2021-06-15 00:00

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको आज एक वर्ष पुगेको छ। आजकै दिन मुम्बईस्थित फल्याटमा उनी झुन्‍डिएको अवस्थामा फेला परेका थिए।

उनको मृत्यु भएपछि बलिउडमा 'नेपोटिज्म'को बहस सुरु भएको थियो। नोपोटेज्म बहसमा बलिउडका थुप्रै घरानाहरुलाई विभिन्न आरोप लगाइएको थियो।

उनको मृत्यु सम्बन्धमा भारतको पाँच वटा एजेन्सीहरुले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। तर मृत्युको गुथ्थी अझै सुल्झिन सकेको छैन। 

अनुसन्धानमा मुम्बई प्रहरी, बिहार प्रहरी, केन्द्रीय अन्वेशन ब्युरो, नारकोटिक्स कन्ट्रोल ब्युरो र प्रवर्तन निर्देशालय उनको मृत्युबारे अनुसन्धान गरिरहेका छन्। यति धेरै एजेन्सीहरुले अनुसन्धान गरे पनि सुशान्तले आत्महत्या गरेको थियो वा कसैले हत्या गरेको थियो भन्नेबारे पुष्टि गर्न सकेको छैन। 

मुम्बई प्रहरीको प्राथमिक अनुसन्धानले भने सुशान्तले आत्महत्या गरेको निष्कर्ष निकाले थियो। तर सिबिआइले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन। 

सीबीआइलाई भारतको सर्वोच्च अदालतले अनुसन्धान गर्न निर्देशन दिएको थियो। यसबीचमा सीबीआइले सुशान्तकी गर्लफ्रेन्ड रिया चक्रवर्ती, सुशान्तका साथी सिदार्थ पिठानी र सुशान्तका भान्छे निरज र दीपेश सान्तसँग बयान लिएका थिए। 

सीबीआइले पोस्टमार्टम र फोरेन्सिक परीक्षण अहिलेसम्मै राम्रो प्रविधिमार्फत् गर्न लागेको बताएको थियो। तर हालसम्म सुशन्त केशमा सीबीआइले कुनै निर्णय सुनाउन सकेको छैन।

सुशान्तको परिवारले रिया चक्रवर्तीलाई सुशान्तको खाताबाट १५ करोड रुपैयाँ गुपचुपमा निकालेको आरोप लगाएका थिए। जसको अनुसन्धान प्रवर्तन निदेशालयले गरिरहेको छ। यस दौरान रियासँग बयानसमेत लिइएको थियो। तर औपचारिक धारणा अहिलेसम्म सार्वजनिक गरिएको छैन।

त्यस्तै अन्य तीन एजेन्सीले पनि आ-आफ्नो हिसाबले अनुसन्धान गरेपनि हालसम्म औपचारिक निर्णय सुनाउन सकेको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर