नेभिगेसन मेनु

युट्युब स्टार भुवन बामले कोरोनाकै कारण आमा बुबा गुमाएपछि...
सम्पादक:南亚网络电视
समय:2021-06-14 00:00

युट्युब स्टार भुवन बामले आफ्ना आमा बुबा गुमाएका छन्। कोरोना संक्रमणबाट उनका आमा बुबाको मृत्यु भएको हो। उनले सामाजिक सञ्जालमा आफ्नो जीवनको महत्पूर्ण दुई हीरा गुमाएको बताएका छन्। 

उनले एक महिनाभित्र आफूले सबैकुरा गुमाएको बताए। 'कोभिडका कारण मैले आफ्नो दुबै 'लाइफलाइन' गुमाए। आमा बुबा बिना केही पनि पहिलेजस्तो हुने छैन। एक महिनामै घर, सपना सबैकुरा तहसनहस भयो। फेरि सुरुदेखि मैले बाँच्नुपर्छ,' उनले भावुक पोष्ट इन्स्टाग्राममा लेखेका छन्।

आमा बुबा गुमाएपछि उनले आफैँलाई प्रश्न गरेका छन्- के म राम्रो सन्तान होइन? मैले आफ्नो आमा बुबालाई बचाउने प्रयास गरिनँ? यही प्रश्नसँगै अब मैले बाँच्नुपर्छ।

उनको यो पोस्टपछि युट्युब स्टारहरुले भुवनलाई सान्तवना दिएका छन्। युट्युब स्टारसँगै बलिउड अभिनेता आयुष्मान खुराना, राजकुमार रावलगायतले उनलाई सहानुभूति दिएका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर