नेभिगेसन मेनु

वरिष्ठ हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठ स्वास्थ्यमा सुधार भई घर फिर्ता
समय:2021-06-10 04:01

वरिष्ठ हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठ स्वास्थ्यमा सुधार भई घर फर्केका छन। उनि केहीदिन अघि मुटुमा समस्या भएपछि काठमाडौंको बांसबारीस्थित गंगालाल अस्पताल भर्ना भएका थिए। उनि अस्पतालबाट डिर्चार्ज भएपछि उनका छोरा यसन श्रेष्ठले यस्तो सन्देश जारी गरेका छन। 

प्यारा साथीभाई, आफन्त अनि परिवारहरु,

बुवालाई गत शुक्रबार राती छाती दुखेपछि मध्य रात मै गंगालाल अस्पताल लगेको थिएं ।

गंगालाल अस्पतालका expert डाक्टरहरुको टिमले शनिबार नै angioplasty medical procedure द्वारा दुइवटा stent राखेर मुटुमा रक्तसंचारको ब्लकेज ह्टाइदिनु भयो ।

५ दिनको hospital को बसाइ पछि आज बुधबार हामी घर फर्केका छौं।

बुवालाई अहिले सन्चो भएको छ।

डाक्टरले बुवालाई ४ हप्ता जति रेस्ट गर्ने निर्देशन दिनु भएको छ र त्यसपछि डाक्टरहरुको निर्देशन लाई धयान राखी फेरी आफ्नै निर्देशनमा जिन्दगीलाई त्यहि उर्जा लिएर अगाडि बढाउनु हुनेछ।

केही हप्ता no facebook, no social media, no too much news, no too much mobile, no too much phone conversation, no zoom, no outing, no film shooting, no program है भनेर डाक्टरहरुले कडा निर्देशन दिनु भएको छ जुन बुवालाई असाद्धै मन पर्ने कुराहरुमा पर्छन्।

सबै भन्दा महत्वपूर्ण कुरा भनेकै स्वास्थ्य भएकोले अस्पतालमा डाक्टरहरुको अगाडी “हस्” भन्दै टाउको त हल्लाएर आउनु भएको छ। मलाई बिश्वास छ बुवाले डाक्टरको कुराहरु शत प्रतिशत मान्नु हुनेछ।

अहिले त हामी सबैले कोभिडलाई जिती पनि सकेका छौं।

कोरोनाको यस महामारीमा सबै जना सचेत रही सुरक्षित रहनु होला। कोरोना लागिसकेको छ भने पनि कोरोनालाई जित्नु पर्छ भनेर पनि मन बलियो बनाउनु होला ।

हरेक रात पछि बिहानी आउछ भने झैं तपाई हामी सबैको पनि फेरी सुन्दर बिहानी नजिक नजिक आउदै छ । सबैले vaccine लगाउने छन्।

शुभ दिन, शुभ जिन्दगी अनि सबैलाई शुभलाभ होस्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर