नेभिगेसन मेनु

देखिन छाड्यो निकुञ्जमा बाह्रसिंगे
समय:2021-06-08 06:12

 

 

चितवन राष्ट्रिय निकुञ्जको खुला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुला खोरमा देखिन छाडेको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुला खोरमा नभेटिएको हो । उनले भने “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडीमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्नेबारे यकिन हुन नसकेको उनको भनाइ छ । 

विसं २०७४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये पाँच पोथी र दुई भाले थिए । तीमध्ये दुई पोथी ल्याउनेबित्तिकै मरेका थिए । अन्य पाँच मध्ये चार विभिन्न कारणले मरिसकेका छन् । अर्नासँगै रहेको एउटा मात्रै बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो । 

तत्कालीनावस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा पाँच भालेसहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याएलगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ । 

सरकारले प्रजाति संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर