नेभिगेसन मेनु

नेहालाई रोहनको 'लभ नोट'
समय:2021-06-07 04:38

बलिउडका चर्चित गायिका नेहा कक्कडले आज ३३औं जन्मदिन मनाउँदैछिन्। सन् १९८८ जुन ६ मा जन्मिएका उनले इन्डियन आइडलबाट गायिकाको रुपमा आफ्नो पहिचान बनाएकी थिइन्।

यसबीचमा उनले बलिउड सुपरहिट गीतहरु गाएकी छन्। बैभन्दा धेरै उनले डान्सिङ नम्बरका गीतहरु गाएकी छन्। 

उनको जन्मदिनको अवसरमा उनका पति रोहन प्रितले विशेष सन्देश दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् पत्नी नेहालाई जन्मदिनको शुभकामना दिएका छन्।

नेहासँगको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन्, 'प्रिय नेहा, आज तिम्रो जन्मदिन हो। मलाई भन्नु छ, आजसम्म मैले जति तिम्रो केयर गरेको छु, आउने दिनमा त्योभन्दा पनि धेरै गर्नेछु।'

उनले नेहालाई पलपल माया गर्ने बताउँदै जन्मदिनको शुभकामना दिएका हुन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर