विश्वको सर्वोच्च शिखरमा बसन्त ऋतुमा साधारणतय मे महिना पछि आरोहीहरु आरोहण सम्पन्न गरी फर्कने गर्दछन।
यसपाली अझै सगरमाथामा सफलता हात पर्नेक्रम जारी रहेको छ। आज पनि आरोहीहरुलाई सफलता मिलेको छ। सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाका अनुसार आज कोष्टर आर्नोड टिमका माईक पोश्नर र उनको टिम शिखरमा पुग्न सफल भएका छन।
हिजो पनि केही नेपालीका साथै विभिन्न मुलुकका आरोही सगरमाथाको शिखरमा पुग्न सफल भएका थिए।