नेभिगेसन मेनु

नापी विभागका सर्भेयर सगरमाथाको शिखरमा
समय:2021-05-31 04:24

नापी विभागका सर्भेयर युवराज धिताल पथ प्रदशक नुरी शेर्पा सहित आज बिहानको ८:३० तिर संसारको सर्वोच्च चुली सगरमाथाको आरोहण गर्न सफल भएका छन।

रेडियोसेटबाट आधारशिविरमा रहेका आरोहण अभियान सञ्चालक बाबु शेर्पाले दिएको जानकारीअनुसार नेपालका पहिलो सर्भेयर सगरमाथा आरोही खिमलाल गौतमले सामाजिक सन्जालमा लेखेका छन। आरोही सर्भेयर गौतम सगरमाथाको आधार शिविरमै केही दिन अघि सम्म रहेका थिए। सर्भेयर धिताल यसअघि  लगभग ८००० मीटर सम्म पुगी माथि मौसम प्रतिकूलताका कारण जान नसकि फर्किएर लामो समय दोस्रो सिविर मा बसेको गौतमले जनाएका छन। पुन प्रयास पछि उनी सफल भएका छन् । अहिले सगरमाथामा अत्यधिक हावा चलेको कारण चुचुरोमा धेरैं बेर बस्न सकिने अवस्था नरहेकाले उनिहरु तल फर्किंदै गरेको खबर पनि प्राप्त भएको छ । यो सहित गरि नापी विभागका ३ जना सर्भेयरहरूले सगरमाथा आरोहण गर्न सकेका छन् । थप एक निजामती कर्मचारीको पाईला सर्वोच्च चुलीमा पर्न सफल भएको छ।

हालसम्म सर्भेयर  युवराज धिताल सहित ११ जना निजामती कर्मचारीहरुले सगरमाथा आरोहण गरेको पहिलो सर्भेयर आरोही गौतमले जनाएका छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर